बैतडी– बलात्कार पछि हत्या गरीएकी दोगडाकेदार नगरपालिका ७ की १७ वर्षीया भट्टको १७ औं दिनमा बल्ल अन्तिम संस्कार गरिने भएको छ । प्रहरीद्वारा अपराधी पक्राउ परेपछि मात्रै भट्टका परिवारले १७ औं दिनमा शवको अन्तिम संस्कार गरिन लागेको हो ।


ADVERTISEMENT


यसअघि मृत भट्टको परिवार एवम् आफन्तजनले सरकार समक्ष अपराधि पत्ता लगाएर कारवाहिको माग गर्दै आएका थिए । यसका साथै उनीहरुले अपराधी पक्राउ नपरेसम्म शव नबुझ्ने प्रण गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रहरीले अपराधीको पहिचान गरी गत बुधवार मृत किशोरीकै छिमेकी तथा सहपाठी दिनेश भट्टलाई पक्राउ गरेको थियो । उनले प्रहरी एवम् उनका बुवासामु नै आफूले किशोरी भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । यद्यपि उनले बुधवारसम्म आफूले भागीरथीको हत्या मात्रै गरेको वयान दिदैँ आएका थिए ।

अपराधी दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेपछि मात्रै भट्टका आफन्तजनले शव बुझेका थिए । किशोरीका काका शिवराज घट्टले जनाए अनुसार, उनको अन्तिम संस्कार महाकाली आर्यघाट, सेरामा गरिनेछ ।

बुधवार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव दोस्रो दिन माघ २१ गते बीभत्स अवस्थामा फेला परेको थियो ।