काठमाडौँ – काम चलाउ सरकारका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली समूहका अध्यक्ष केपी शर्माओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोच्न चेतावनी दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार ओली समूहको बाग्मती प्रदेश कमिटीले नारायणहिटीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले आजको सभामार्फत ओलीले नेपालमा राजतन्त्र फर्काएको घोषणा गर्दैछ भनेर गलत प्रचार गरिएको बताए । जनताको बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकाले त्यसलाई तलमाथि गर्छु भन्ने नसोच्न चेतावनी दिए ।


ADVERTISEMENT

# # #


‘जो केपी ओली आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, आधा दशकभन्दा बढी लोकतन्त्रका लागि, सामाजिक न्यायका लागि लड्यो त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’ उनले भने, ‘हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे पनि हुन्छ ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रले देशको विकासमा बाधा नपुर्‍याएको बताए । उनले सरकारले विकासका कदमहरुमा सक्रियताका साथ लागेको बताए ।