काठमाडौँ – कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्माओलीले देश अब चुनावतर्फ अघि बढेको बताएका छन् ।


ADVERTISEMENT


आफ्नो पक्षमा बहुमत रहेको प्रतिनिधिसभालाई विघटन गरेर चुनावी तयारी गरिरहेका ओलीले शुक्रबार नारायणहिटी अगाडि आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै अब चुनावबाट पछाडि फर्किने अवस्था नरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सरकार कसको बन्ने भन्ने कुरा आगामी वैशाख १७ र २७ गते हुने चुनावले फैसला हुने उनले बताए । ‘अब देश चुनावतर्फ गयो गयो । अब कसको सरकार बन्नुपर्छ चुनावले फैसला गर्छ ।’ ओलीले भने, ‘म आग्रह गर्न चाहन्छु, अब देश् चुनावतर्फ गयो गयो, चुनावले सबै कुुराको फैसला गर्छ ।’

नेकपाको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा गएर निर्वाचन नगर भनेको बताउँदै उनले चुनाव कुनैपनि हालतमा तोकिएकै मितिमा हुने बताए ।