काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त अध्यक्ष तपबहादुर मगर तथा सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले आज आयोगमा पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


आयोगमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष मगरले मानव अधिकारको प्रभावकारी संरक्षण, सम्बद्र्धन तथा कार्यान्वयनको सुनिश्चितामा सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


पदभारअघि, आयोगका अध्यक्ष मगरले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सोही समारोहमा आयोगका नवनियुक्त सदस्यलाई आयोगका अध्यक्ष मगरले शपथ ग्रहण गराएका थिए ।

संवैधानिक परिषद्ले नेपालको संविधानको धारा २४८ को उपधारा (२) बमोजिम आयोगको अध्यक्ष तथा सदस्यमा उनीहरुको नियुक्तिका लागि सिफारिस गरेको थियो ।