काठमाडौँ – गृह मन्त्रालयले प्रचण्ड–नेपाल समूहले आह्वान गरेको देशव्यापी आम हड्तालप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रचण्ड–नेपाल समूहले विभिन्न संवैधानिक निकायहरुमा असंवैधानिक तरिकाले नियुक्ति गरिएको भन्दै अत्यावश्यक बाहेकका सेवा सञ्चालन गर्न नपाइने गरी आमहड्तालको घोषणा गरेको छ ।


ADVERTISEMENT


उक्त घोषणापछि बुधबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरका छन् ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयले शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ । साथै मन्त्रालयले सुरक्षाको व्यवस्था मिलाइएकाले यातायात व्यवसायी लगायतका सबै उद्यामी व्यवसायीलाई निर्धक्क भएर आफ्ना पेशा, व्यवसाय र सेवाहरु सञ्चालन गर्न आग्रह समेत गृहमन्त्रालयले गरेको छ ।