कतार– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया सम्पन्न भएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट लागेर थलिएको लामाको कतारमा शल्यक्रिया सफल भएको हो ।


ADVERTISEMENT


उपचारका लागि उनलाई गत साता कतार लगिएको थियो ।


ADVERTISEMENT

# # #


खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ । लामाको केही दिनमै फिजियोथेरापी गरिने छ ।

लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन् ।

यस्तै, घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ । मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । प्रशिक्षणका क्रममा घाइते भएपछि एन्फाले कतार फुटबल सङ्घसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । रासस