१९-असोज / विहिवार पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रा.डा.गोविन्दराज पोख्रेलसँगको सम्वन्धित खवरले धेरै चर्चा पायो । चाडपर्वको बेला भूकम्पपीडितलाई टहरामै राखेर गृहजिल्लामा आएर नेपाली कांग्रेसको चुनावी प्रचार-प्रसारमा सक्रिय पोख्रेलको देशभर चर्को आलोचना भएको छ । आफन्त, इष्टमित्र भेट्ने बाहानबाजी बनाएर पोख्रेल पार्टीका कार्यक्रममा सक्रिय भएपछि उनमाथी सवैले खवरदारी गरेका हुन् ।
नेपाली कांग्रेस प्यूठानले सिइओ पोख्रेल दशैँमा आफन्त भेट्न आएको भनेर विज्ञप्ती निकालेपनि उनी पार्टीको प्रचारप्रसारमा लागेको प्रष्ट देख्न सकिन्छ । सामाजिक सञ्जाल(फेसबुक)मा उनै पोख्रेलले कांग्रेसका नेता, कार्यकर्ताहरुसँगको भेटघाट, छलफलमा खिचेका फोटाहरु पोष्ट गरेका छन् । उनका फोटोहरु देख्दा लाग्छ, यतिबेला भूकम्पपीडितहरुले उनलाई गिज्जाईरहेका होलान् ।
पोख्रेलको कामकारवाहीप्रति आपत्ती जनाउँदै प्यूठानमा क्रियाशिल चार दलहरुले समेत विज्ञप्ती निकालेर सरकारको ध्यानाकर्षण गराएका छन् । विज्ञप्ती जारी भएको केही समयभित्र नै निर्वाचन आयोगले उनलाई गरेको कारवाहीको विषयमा प्रमुख जिल्ला अधिकारीलाई पत्र काटेर तत्कालै जिल्ला छाड्न सहयोग गर्न लिखित निदर््ेशन दिएको थियो ।