काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशााखाले चोरी गरिएको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।  पिडितको सहायक इकाइबाट जादा राजधानीमा चोरीको मुद्दामा दर्ता भएको कालो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल व्यक्तिसहित पक्राउ परेको हो ।


ADVERTISEMENT


बिना बर्दीमा खटिएका प्रहरीद्धारा मनमैजुमा चलाइरहेको अवस्थामा पक्राउ परेको सो मोटरसाइकल प्रयोगकर्ताले सवारीको वास्तविक नम्बर प्लेट नै परिवर्तन गरी चलाएको पाइएको छ । जसमा प्रदेश ३.०२.०१२ प ६८३६ रहेको वास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रदेश ३.०२.००८ प ७८७२ नम्बरको प्रयोग भएको थियो ।


ADVERTISEMENT

# # #


काठमाडौँ टोखा नगरपालिका–८ मा बस्दै आएका राजेन्द्र पाण्डेले केहि समयअघि मात्रै आफ्नो सवारी हराएको निवेदन महाशाखामा पेश गरेका थिए । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार, पक्राउ पर्नेमा जिल्ला नुवाकोट सुर्यगढी गाउँपालिका– ४ घर भई हाल तारकेश्‍वर नगरपालिका –८ जरंखु बस्दै आएका ३३ वर्षीय बिष्णु तामाङ्ग रहेका छन्

महाशाखाले उक्त मोटरसाईकल सहित पक्राउमा परेका तामाङ्गलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाईएको जनाएको छ ।