काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) ले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गरेको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सहकार्य गरेर उक्त सेवा उपलब्ध गराएको हो ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


यो सेवाबाट संस्थागत ग्राहकले डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नेछन् ।

बैंकले यस प्रणालीलाई सुरक्षित बनाउन मल्टि लेयर अथेन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने व्यवस्था गरिएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले देशभर ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंक सेवा दिँदै आएको छ ।