कोरिया– बिरालोमा पनि पहिलो पटक कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पहिलोपटक दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । बिरालोमा पनि कोरोना संक्रमण पुष्टि भएको यो पहिलो केश हो, भने दक्षिण कोरियामा यसअघि मानिसबाहेक कुनै पनि जनावरमा कोरोना सङ्क्रमणको केश देखिएको थिएन ।


ADVERTISEMENT


पछिल्लो समय कोरोना महामारी फैलिएको उक्त बस्तीमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत सङ्क्रमण पाइएको हो । बिरालो पाल्ने परिवारका अन्य तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ । मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि यहाँका सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ । कोरिया सरकारले कोभिड–१९ विरुद्ध खोपको तयारी गरिरहेको भए पनि अझै वितरण भने भएको छैन ।


ADVERTISEMENT

# # #


कोरोना नियन्त्रणका लागि यहाँका सरकारले सार्वजनिक स्थानमा चार जनाभन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी पालना गर्नुपर्ने र ‘नो मास्क नो राइड’ लाई कडाइका साथ नियमन गरेको छ । यद्यपि सङ्क्रमण दर भने फैलिन रोकिएको छैन । रासस