काठमाडौँ – एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ ।


ADVERTISEMENT


बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अचावेदन दिन सकिने सेवा थालनी गरेको हो । ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने उद्देश्यका साथ बैंकले आफ्नो वेबसाइमा रहेको ‘आइसर्भिस’ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ ।


ADVERTISEMENT

# # #


उक्त ‘आइसर्भिस’भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी प्रमाणित गरेपश्चात् डेबिट कार्ड आवेदनको प्रक्रिया अगाडी बढ्नेछ । त्यसपश्चात ग्राहकले इन्स्ट्यान्ट कार्ड वा ‘नेम इम्बोस्ड कार्ड’ तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको बैँकले जनाएको छ ।

बैँकका अनुसार यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएस मार्फत रिफ्रेन्स कोड सहित जानकारी गराइनेछ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहक लाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ ।

उक्त रिफ्रेन्स कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले अनुरोध गर्नुभएको डेबिट कार्ड प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको यस अनलाईन डेबिट कार्ड अनुरोध सुविधाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।