काडमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।


ADVERTISEMENT


वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतबार र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले सोमबार पेस गरेका निवेदन गरेकोमा मंगलबार दर्ता भएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले गत माघ ९ गते (शुक्रबार) आफू निकट कर्मचारीहरूको भेलामा प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको सुनुवाईलाई ‘तमासा’को संज्ञा दिँदै ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘वकिल बाजे’ भनेका थिए ।

सम्बोधनका क्रममा उनले भनेका थिए, ‘वकिलले कुरा फिटेका फिट्यै छन् । केही वकिलले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न ।’

उक्त अभिव्यक्तिप्रति कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले आपत्ति जनाउँदै प्रधानमन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएको थियो ।