प्रदेश– कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु हुने भएको छ । प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते प्रदेश नं २ का आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय भएको हो । मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ । सो बैठक मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न भएको थियो ।


ADVERTISEMENT


खोपको कार्यक्रम मुख्यमन्त्री राउतद्धारा वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट शुभारम्भ गरिने स्वास्थ्य निर्देशक विजय झाले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रदेश नं– २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पुर्याइने उनले बताए । पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना रहेको छ । रासस