काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री ओलीले धन्यवाद दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् । ट्वीटरमार्फत प्रधानमन्त्री मोदीले नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप निशुल्क उपलव्ध गराएको छ ।

प्रतिकृया

प्रतिकृया