पोखरा– औद्योगिक विकासमा निजि क्षेत्रको समान धारणा हुनुपर्नेमा जोड दिइएको छ । नवनिर्वाचित कार्यसमितिको सम्मानार्थ पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन सङ्घ कास्कीद्वारा बिहीबार आयोजित स्वागत कार्यक्रममा वक्ताहरूलेऔद्योगिक विकासमा निजि क्षेत्रको समान धारणा हुनुपर्नेमा जोड दिइएको हो । । समान धारणाका साथ अघि बढ्दा अपेक्षित सफलता हासिल हुने उनीहरुको भनाई रहेको छ ।


ADVERTISEMENT


कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले औद्योगिक, कृषि र आवास क्षेत्रको वर्गीकरणमा सरकार चुक्दा विभिन्न समस्या आउने गरेको बताए । हिजोका दिनहरुमा औद्योगिक क्षेत्र खाली क्षेत्रमा बनाइएको तथ्य पेश गर्दै उनले उद्योगले रोजगारी दिँदा नै ती क्षेत्रमा बस्ती बढेको उल्लेख गरे । औद्योगिक क्षेत्रले पोखराको विकासमा दिएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै कोइरालाले पोखराको कोत्रेमा प्रस्तावित नयाँ औद्योगिक क्षेत्र स्थापनार्थ सङ्घले सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


ADVERTISEMENT

# # #


यस्तै, कार्यक्रममा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख भूषणप्रसाद उपाध्यायले पोखरा औद्योगिक क्षेत्रबाट प्रदूषण भयो भन्ने गुनासो नाजायज भएको बताउँदै उनले उद्योगले प्रदूषण नियन्त्रणमा सक्दो योगदान दिएको धारणा व्यक्त गरे । यसैगरि, पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका भने उपाध्यक्ष गोकर्ण कार्कीले उद्योग र वाणिज्य क्षेत्रको विकाससँगसँगै हुनुपर्नेमा जोड दिएका छन् ।

पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका सल्लाहकार चन्द्रराज राजभण्डारी, सल्लाहकार तथा सीएनआइका अध्यक्ष विनोद न्यौपाने, पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेशबहादुर श्रेष्ठ, सङ्घका सचिव सुरेन्द्रबहादुर गोदारलगायतले सहकार्यमा नै बल हुने बताउँदै निजी क्षेत्रको आवाज सधैँ एक हुनुपर्नेमा जोड दिए । रासस