काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । नेताहरुले आफ्नो स्वार्थका लागि गरेको आन्दोलनले मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि जनताहरुले भने अनायसै सास्ती पाएका छन् ।


ADVERTISEMENT


आन्दोलनका नाममा जताततै बाटो बन्द गरिँदा सार्बजनिक तथा निजी सवारीहरुको जामले यात्रुहरु व्याकुल बनेका छन् । जनताहरुले आफ्नो दैनिकीका लागि गन्तब्यसम्म समेत पुग्न पाएका छैनन् । कर्मचारीहरु बाटो बाटोमै अलपत्र परेका छन् ।


ADVERTISEMENT

# # #


गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा पुग्न दौडिरहेको देखिन्छ । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् ।

आजको विरोधसभाका लागि अति व्यस्त रहने पुरानो बसपार्क–भद्रकाली सडकमै प्रचण्ड माधब समुहले मञ्च बनाइएको छ । काठमाडौंको मुटुका रुपमा रहेको ब्यस्त स्थानमै अरु सबै ठप्प बनाएर कार्यक्रम गर्दा जनताहरु यस्को सोझो मारमा परेका छन् ।

प्रचण्ड–माधव समूहले आज काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोधसभा गर्ने जनाएको छ । यी सबै क्षेत्रहरुमा ट्राफिक अस्तब्यस्त हुँदा जनताहरु आक्रोशित बनेका छन् ।