काठमाडौँ – नेपाल इन्फास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयरमा नयाँ रेकर्ड कायम गरेको छ । बैंकले जारी गरेको शेयरमा मंगलवार साँझसम्म १५ लाख बढीले आवेदन दिएका छन् ।


ADVERTISEMENT


नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि शेयर निष्काशन गरेको थियो । बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ, जुन माग गरिएको भन्दा २.३९ गुणाले बढायो । उक्त संख्या मेरो शेयरको एपबाट आवेदन भर्नेको मात्र भएकाले बैंकमै पुगेर आवेदन भर्नेको तथ्यांकले संकलन गर्न बाँकी रहेको छ । जसकारण उक्त संख्या अझैँ बढ्ने निश्चित देखिन्छ ।


ADVERTISEMENT

# # #


यसअघि पुस अन्तिम साता जारी भएको चन्द्रागिरी हिल्सको आईपीओमा १२ लाखभन्दा बढीले आवेदन दिएका थिए ।