काठमाडौं– नेपाल र भारतबीच रहेका सीमा सम्वन्धि समस्या छिट्टै टुंग्याउन दुवै देशले प्रतिबद्धता व्यक्त गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन्।


ADVERTISEMENT


भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिइ परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्कनु भएको छ । स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकाहरुसँग बैठकका निर्णयहरुको बारे जानकारी गराउनुहुँदै मन्त्री ज्ञवालीले नेपाल र भारतबीच रहेका सीमा सम्वन्धि समस्या छिट्टै टुंग्याउन दुई देश सहमत भएको जानकारी गराएका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा राजनीतिक, सुरक्षा तथा सीमा, कनेक्टिभिटी पूर्वाधार एव आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति पर्यटन तथा शिक्षा लगायतका पाँच समूहमा दुईपक्षीय सहयोग प्रवर्द्धन गर्ने सहमति भएको छ । यसै गरी कोभिड भ्याक्सिनको तत्कालको आवश्यक्ता आपूर्ति गर्न दुई देश बीच छलफल भएको र भ्याक्सिन सहयोगमा नेपाल प्राथमिकतामा रहने कुरा भारतले स्पष्ट पारेको समेत मन्त्री ज्ञवालीले जानकारी दिए ।

यसैगरी पञ्चेश्वर बहुदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न, नेपाल भारतबीच पारवहन रेल सम्वन्धि सन्धि समझौताहरु पुनरावलोकनको प्रकृया छिटो सम्पन्न गर्न र वाणिज्य सन्धिको पुनरावलोकनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा समेत सहमति जुटेको छ । आयोगको सातौं बैठक नेपालमा आयोजना गरिने भएको छ ।