काठमाडौं । कोरोना विरुद्धको खोपसहयोग गर्ने राष्ट्रमा नेपाल पहिलो प्राथमिकतामा रहेको भारतले प्रतिबद्धता जनाएको हो । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा भारतले कोरोना विरुद्धको खोप सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


बैठकले कोरोनाका कारण बन्द रहेको हवाई तथा स्थल मार्गहरु अनूकुलता हेरी खुला गर्ने, हुलाकी सडक अन्तरगतका सम्पन्न ११ वटा खण्ड हस्तान्तरण गर्ने, रक्सौल–काठमाडौं रेल निर्माणका लागि भइरहेको फिल्ड लोकेशन सर्भे तत्काल सुरु गर्ने, जयनगर– कुर्थासम्मको रेल लाइन वर्दिबाससम्म निर्माण गर्नेलगायत निर्णय भएको पराष्ट्रमन्त्री प्रदीप ज्ञवालेले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमणले दुई देशको सम्बन्ध मजबुत बनाउन योगदान पुगेका बताएका छन् । भारत भ्रमणबाट फर्किएलगत्तै उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारत भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक हिजो भारतको नयाँ दिल्लीमा सम्पन्न भएको थियो ।