काठमाडौं– भारतीय रक्षामन्त्री राजनाथ सिंह र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेखेका छन् । ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’


ADVERTISEMENT

# # #


भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको पनि उपस्थित थियो ।
भारतको तीनदिने औपचारिक भ्रमणमा रहेकाका परराष्ट्रमन्त्री ज्ञवाली आज स्वदेश फर्केका छन् ।