काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मालाई ४३ हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।


ADVERTISEMENT


शर्मालाई टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत्र ४३ हजार रुपैँया बढी लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


ADVERTISEMENT

# # #


अख्तियारको टङ्गालबाट खटिएको टोलीले शर्मासहित घुस दिने सन्तोष थापा मगरलाई बालाजुस्थित कार्यालय परिसरबाटै मंगलबार नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।