काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले आफ्नो समूहलाई नै नेकपाको नाम र निर्वाचन चिन्ह दिने दाबी गरेका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौँको कमलादीमा आयोजित प्रचण्ड–नेपाल समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा र सूर्य चिन्ह आफूहरुकै हुने दाबी गरे । उनले पार्टीमा ५० प्रतिशतभन्दा बढी केन्द्रीय समिति आफ्नो समूहमा रहेकाले आफूहरु नै आधिकारिक हुने कुरा निर्वाचन आयोगले विश्वास दिलाएको प्रचण्डले बताए ।


ADVERTISEMENT

# # #


उनले नेकपा नाम र चुनाव चिन्ह नपाए आँधीबेहरी आउने बताए । ‘निर्वाचन आयोगले हामीलाई के विश्वास दिलाएको छ भने दलसम्बन्धी ऐनमा ५० प्रतिशतभन्दा बढी केन्द्रीय समितिको संख्या जोसँग हुन्छ, त्यही नै आधिकारिक पार्टी हो ।’ उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, निर्वाचन आयोगले संविधान, विधान, ऐन, कानुनभन्दा बाहिर गर्ने छैन । हाम्रो पार्टीको नाम र चुनाव चिन्ह सूर्य हाम्रै हुनेछ । यदि त्यसो भएन भने यहाँ कयामत भन्छन् नि आँधीहुरी बतास आउँछ । ’

केपी ओलीले संविधान मिचेजस्तै गरेर, संघीय लोकतान्त्रिक गणतन्त्रको मुटुमाथि छुरा प्रहार गरेझै अन्य संवैधानिक आयोगले पनि त्यही गर्न थाले भने देश र नेपाली जनता हेरेर बस्न नसक्ने बताए । यद्दपी उनले निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति आफूहरुको विश्वास रहेको बताए । उनले केपी ओलीको जोकरपनको पछाडी कोही नलाग्ने बताए ।