काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सरकारलाई काम गर्न दिएन भन्ने कुरा प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्माओलीलाई चुनौति दिएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौँको कमलादीमा आयोजित प्रचण्ड–नेपाल समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले सरकारलाई काम गर्न नदिएका कारण संसद विघटनको निर्णयमा पुगेको प्रधानमन्त्रीको भनाई पूर्णत झटो रहेको बताएका हुन् । पार्टीले सरकारलाई घेराबन्दी गरेको प्रमाणित गर्न उनले चुनौति दिए ।


ADVERTISEMENT

# # #


‘पार्टीले उहाँले गर्न खोजेको कुन काममा बाधा हाल्यो ? एउटा मात्रै प्रमाण दिनुस् । म केपी ओलीलाई चुनौति दिन चाहन्छु, यो मञ्चबाट कि पार्टीको यो निर्णयले, यी नेताहरुले मलाई यो राम्रो काम गर्न खोज्दा दिएनन् भन्ने एउटा प्रमाण पेश गर्न म चुनौति दिन चाहन्छु ।’ बरु पार्टीको एउटै सुझाव नमानेर उल्टोउल्टो गरेकाले बिग्रिएको बताए ।

यस्तै ‘प्रचण्ड–नेपाल समूह भगौडा हुन्’ भन्ने ओलीको भनाईको समेत प्रचण्डले जवाफ फर्काएका छन् । उनले पार्टीमा आफूहरुसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको समूह भगौडा कि ३० प्रतिशत मात्रै केन्द्रीय सदस्य रहेको समूह भगौडा भन्दै प्रश्न गरे । ‘पार्टीको बैठकबाट उहाँ पटक पटक भाग्नु भयो । कहिले ढिलो आउनु भयो । उहाँ नै भगौडा हो ।’