काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीले निर्वाचित गरेको प्रधानमन्त्रीबाट नै संविधान र व्यवस्थामाथि प्रहार गरेकाले त्यसको रक्षार्थ आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताको बलिदानीबाट प्राप्त संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रधानमन्त्री केपी ओलीले निर्मम प्रहार गरेकाले त्यसको रक्षाको ऐतिहासिक जिम्मेवारी अहिले सम्पूर्णको काँधमा आइपरेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामी यहाँ कुनै प्रहसन, कमेडी देखाउन जुटेका छैनौँ । हामी यहाँ कुनै उखान टुक्का गरेर कमेडी शोमार्फत हसाउँनका लागि पनि उपस्थित छैनौँ । हामी संविधान र व्यवस्थामाथिको प्रहारको सामना गर्न हामी यहाँ उपस्थित भएका छौँ ।’

उनले पार्टी एकता गर्दा हतारपतार गरेको वा विचारलाई वेवास्थ गरेको नभई विगतको समीक्षा र भविष्यमा आउने बाटोको बारेमा प्रस्ट मार्गचित्र बनाएरै एकता गरिएको बताए ।

उनले पार्टीमा ५० प्रतिशतभन्दा बढी केन्द्रीय समिति आफ्नो समूहमा रहेकाले आफूहरु नै आधिकारिक हुने कुरा निर्वाचन आयोगले विश्वास दिलाउने प्रचण्डले दाबी गरे ।

‘निर्वाचन आयोगले हामीलाई के विश्वास दिलाएको छ भने दलसम्बन्धी ऐनमा ५० प्रतिशतभन्दा बढी केन्द्रीय समितिको संख्या जोसँग हुन्छ, त्यही नै आधिकारिक पार्टी हो ।’ उनले भने, ‘जोसँग ४० प्रतिशत हुन्छ, उहाँहरुले अर्के दल बनाउन चाहे दल दर्ता गर्न सक्छ । अन्यथा जे पनि हुनसक्छ भनेर उहाँहरुले विश्वास दिलाउनु भएको छ ।’