काठमाडौँ – बैंक तथा वित्तीय संस्थापछि अब ब्रोकर कम्पनीले पनि नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्वमा छुट्याउनुपर्ने भएको छ ।


ADVERTISEMENT


धितोपत्र वोर्डले ब्रोकर कम्पनीलाई नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा खर्च सोमवार सर्कुलर जारी गर्दै केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको कम्तिमा १ प्रतिशत रकम छुट्टयाई सीएसआरमा छुट्याउनु पर्ने व्यवस्था गरेको हो ।


ADVERTISEMENT

# # #


ब्रोकर कम्पनीले सेयर लगानीकर्ताहरुबाट ० दशमलव ४ प्रतिशतसम्म कमिशन लिँदै आएका छन् ।

हाल ५० ब्रोकर कम्पनी संचालनमा रहेकोमा दैनिक ५ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार हुने गरेको छ।