– सुरेन्द्र पौडेल (कार्यकारी निर्देशक, नेपाल आयल निगम)


ADVERTISEMENT


विश्व अर्थ व्यवस्थामा भएको संरचनात्मक परिवर्तन संगै नेपाल आयल निगमले विभिन्न चूनौतिहरुलाई अवसरको रुपमा सदुपयोग गर्दै गत वर्षमै स्वर्ण जयन्ति मनाई ५१ औं वर्षमा प्रवेश गरेको छ । पेट्रोलियम पदार्थको कारोवारमा एकाधिकार प्राप्त नाफामुलक व्यवसायिक यस संस्थाले आफ्नो व्यवसायीक उत्तरदायीत्वलाई पूर्णरुपमा पालना गर्दै राज्यको आर्थिक मार्गचित्रलाई ध्यानमा राखी सेवामूलक संस्थाको रुपमा समेत आफ्नो स्थापनाकाल देखिनै भूमिका निर्वाह गर्दै आएको छ । गौरवपूर्ण इतिहास वोकेको यस संस्थाले समयको हरेक आरोह अवरोहसंगै थुप्रै प्राकृतिक तथा आर्थिक संकटको सामना गरेता पनि लक्ष्य प्राप्तिमा रत्तिभर विचलित नभई सदैव उद्येश्य प्राप्तिमा निगम अघि बढ्दै आएको छ ।


ADVERTISEMENT

# # #


गुणस्तरीय पेट्रोलियम पदार्थको नियमित रुपमा आपूर्तिद्वारा नेपाली जनताको जीवनलाई सहज बनाउनु नै निगमको प्रमुख लक्ष्य हो । पूर्वाधारमा भैरहेको तीव्र विकासले गर्दा पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अङकको दरले वृद्धि हुदै गरेकोले माग र आपूर्ति विच तालमेल कायम गर्न संचयको लागि भण्डारणहरुको विस्तार तथा अन्य भौतिक पूर्वाधारको निर्माण गर्दै जाने नीति स्वरुप यसै आर्थिक वर्षमा गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नं. प्रादेशिक कर्यालय अमलेखगञ्जमा भण्डारण गृहको निर्माण र विस्तार तथा झापा र धनुषामा ग्याँस बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारण गृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धिको लागि जग्गा प्राप्ती जस्ता कार्यको शुभारम्भ गरि पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । हाल संचालनमा रहेको मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन मार्फत पेट्रोल समेतको आयात गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ ।

सूचना तथा प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै प्रविधि मैत्री कार्यप्रणालीको विकासमा जोड दिदै कागजविहीन कार्यालय संचालन, प्रत्यक्ष गुनासो व्यवस्थापन, कार्यप्रणालीमा पारदर्शिता र सूचनामा सरोकारवालको पहूँचलाई अभिवृद्धि गर्दै सुशासन कायम गर्ने प्रयास, कार्य सम्पादनमा आधारित दण्ड पुरस्कार तथा कार्य क्षमतामा आधारित जिम्मेवारी कर्मचारीको वृत्ति विकासलाई वस्तुनिष्ठ र अनुमानयोग्य वनाउन क्षमता विकास तालिम तथा उच्च अध्ययनको अवसरलाई कार्यान्वयनमा ल्याई मानव संशाधन विकासमा जोड दिईएको छ ।

मेकानिकल लकिंगबाट डिजिटल लकिंग,टैंक–टकहरुको नियमित अनुगमन,डिलरहरुको डिजिटल नक्सांकन गर्ने कार्यको सुरुवात गरिएको छ । निगमको सवै कार्यलाई व्यवस्थित बनाउन आन्टरपेर्नर रिसोर्सेस् प्लानिङ सफ्टवेयर (ईआरपी) कार्यन्वयनमा ल्याउने कार्य तथा वित्तिय विवरणहरु नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डस् (एनएफआरएस) अनुसार तयार गर्ने कार्यको सुरुवात गरिएको छ । निगमको केन्द्रिय प्रयोगशाला लगायत अन्य प्रयोगशालाहरुलाई आईएसओ आईईसी १७०२५ एक्रिडिएसन गराई अन्तर्राष्ट्रियस्तर बमोजिम कायम गर्ने गरी आवश्यक कार्यको प्रारम्भ गरिएको छ ।

यहि माघ १ गतेदेखि निगमको देशभर रहेका सम्पूर्ण कार्यालयहरुको सीसीटीभी सर्भिलेन्स सिस्टम तथा विद्युतीय हाजिरी प्रणालीलाई सेन्ट्रल्ली सिन्कोर्नाजेसन/इन्टिग्रेसन गरी निगमले तयार गर्दै गरेको इआरपी सफ्टवयेर मोडल्समा समाहित गर्ने तयारी सम्पन्न भएको छ ।

नेपालका बौद्धिक केन्द्रहरु त्रिभुवन तथा काठमाडौँ विश्वविद्यालयहरुसँग सहकार्य गर्दै निगमलाई आवश्यक पर्ने विविध विषयको प्राविधिक अध्ययन एवं अनुसन्धानका क्षेत्रहरुमा आवश्यक सम्झौता गरी प्रकृया अघि बढाईएको छ । पेट्रोलियम पाईपलाइन सञ्चालनबाट असर पर्ने ट्यांक–ट्रकहरुलाई न्यायोचित रुपमा संचालनको लागि समायोजनको प्रकृया अवलम्बन गरिने व्यहोरा जानकारी गराउन चाहन्छु ।

पेट्रोलियम पाइपलाइन मार्फत हाल डिजल मात्र आयात भइरहेको परिप्रेक्ष्यमा अवको २ वर्ष भित्र पाइपलाइनबाट पेट्रोल समेत ल्याउने तयारी गरिएको छ । एल.पि. ग्याँसको ढुवानीका लागि इण्डियन आयल कर्पोरेशनको वितरण केन्द्रलाई नेपाली सिमा नजिकको लोकेशनबाट आयातको व्यवस्था मिलाउन आवश्यक कार्यको थालनी गरिएको छ । थप पाईलाइन क्षमताको विस्तार तथा मौजुदा संरचना बाटै डिजलको सम्पूर्ण आयात सम्भव भएसम्म पाइपलाइन मार्फत मात्रै गर्ने व्यवस्था मिलाइनेछ ।

नेपाल आयल निगम यस प्रकारको अग्रगमन तर्फ लम्किरहनुमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संचालक समितिले दिएको सकारात्मक निर्देशनले मार्गदर्शन प्रदान गरीरहेको छ । साथै निगमको लक्ष्य र उद्येश्यलाई पुरा गर्न/गराउन कर्मचारीहरुको भूमिकालाई बिर्सनु हुदैन ।

यसको लागि निगम व्यवस्थापन हार्दिक आभार व्यक्त गर्दछ । पेट्रोलियम पदार्थको कारोवारमा प्रत्यक्ष एवं निरन्तर सहयोग पुर्याउदै आएका निगमका विक्रेता तथा ढुवानी व्यवसायीहरु सवैप्रति हार्दिक आभार व्यक्त गर्दछु । समयानुकुल र वैज्ञानिक पद्धति मार्फत निगमका सम्पूर्ण विक्रेता तथा ढुवानिकर्ताहरुको संचालन खर्चहरुलाई लगानीको अनुपातमा प्रतिफल प्राप्त हुने गरी समय सापेक्ष बनाउने कार्यको थालनी गरिएको र यस सम्बन्धमा सरोकारवाला निकायहरुबाट समय समयमा पेश भएको मागपत्रहरुको उचित सम्बोधन गरिने व्यहोरा अवगत गराउन चाहन्छु ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणको समयमा समेत निगमका कर्मचारीहरु तथा सरोकारवाला निकायः नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसन, निगमको आधिकारिक विक्रेताहरु, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा पेट्रोलियम पदार्थको ढुवानीमा संलग्न व्यवसायीहरु, नेपाल एल. पि ग्यास उद्योग संघ, नेपाल एल. पि ग्यास विक्रेता महासंघ, तथा पेट्रोलियम क्षेत्रमा कार्यरत समस्त मजदुरहरुले उच्च मनोवलका साथ निगमको लक्ष्य प्राप्तिमा प्रतिवद्ध भई अहोरात्र खटि सहयोग पु¥याउनु भएकोमा सम्पूर्ण सरोकारवालाहरुको अभिभावकत्वलाई अझ सुदृढ बनाउने विश्वास दिलाउदै सकारात्मक, रचनात्मक र सहयोगी भावनाको प्रशंसा गर्दछु । साथै कोभिड–१९ संक्रमणको कारण संक्रमित हुनु भएका निगमका कर्मचारीहरुको पूर्ण स्वास्थ्य लाभको कामना गर्दे सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

(कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगमको ५१ औं वार्षिकोत्सवका अवसरमा गरेको सम्बोधनमा आधारित)