काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार भर्चुअल माध्यमबाट बैँकको साधारणसभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


साधारण्मसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै शेयरधनीहरुलाई आ.व. २०७६/०७७ का लागि ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस शेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै जुममार्फत शेयरधनीहरुका धारणासमेत सामवेश गरेको बैंकले जनाएको छ । साधारणसभाले आगामी ४ वर्षका लागि सर्वसाधारण शेयरधनिहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक नबिन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।