काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौती बढेको विश्लेषणसहित सरकारले प्रधानमन्त्रीको लागि विशेष सुरक्षा सतर्कता अपनाएको छ । यसअघि ओलीको सुरक्षामा  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेकोमा उक्त संख्या बढाइएको हो ।


ADVERTISEMENT


हाल उनको सुरक्षाका लागि २९५ भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।


ADVERTISEMENT

# # #


संसद् विघटनपछि प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट बढेको निश्कर्ष निकाल्दै गृह मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारसहित उनी जाने हरेक कार्यक्रमका लागि विशेष सुरक्षा सतर्कता अपनाएको हो ।

उनी जाने हरेक कार्यक्रममा कालो कपडा, कालो मास्कसहित सरकारको विरोध जनाउन सक्ने हरेक सम्भावित चीजहरुलाई प्रहरीले निषेध गरिरहेको छ । मन्त्रालय स्रोतकाअनुसार कार्यक्रममा अवरोध पुर्याउन सक्ने गतिविधि हुनसक्ने भएकाले उनी जाने कार्यक्रमस्थलमा पनि विशेष निगरानी राख्न भनिएको छ ।