काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटरले सस्पेन्ड गर्दै उनको अकाउन्ट सँधैँका लागि बन्द गरेको छ ।


ADVERTISEMENT


हिँसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा सँधैँका लागि उनको अकाउन्ट बन्द गरिएको हो । यसअघि ट्विटरले उनका ट्विट डिलिट गरिदिने र केही समयका लागि प्रतिवन्ध लगाउने गरेको थियो ।


ADVERTISEMENT

# # #


गत जनवरी ७ मा उनका अभिव्यक्तिका कारण ट्रम्प समर्थकहरुले अमेरिकी संसद् भवन तोडफोड गरेका थिए ।

उक्त हिँसात्मक घटनापछि ट्वीटरसहित फेसबुक, स्न्यापच्या र इन्स्टाग्रामले समेत उनलाई सामाजिक सञ्जालमा निषेध गरेको थियो ।