काठमाडौँ – सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले घर–घरमै इन्टरनेट पुर्‍याउने उद्देश्यसहित शुरु गरेको फाइबर इन्टरनेटले फड्को मार्दै गएको छ । फाइबर नेटवर्क विस्तारका क्रममा ‘एफटीटीएच’ सेवा शुरु गरेको टेलिकमका ग्राहक ह्वात्तै बढेका छन् ।


ADVERTISEMENT


गत आर्थिक वर्षमा टेलिकमको ‘एफटीटीएच’ सेवा जडान गर्नेको नयाँ संख्या ४८ हजार रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ सय प्रतिशतले भन्दा बढी हो ।


ADVERTISEMENT

# # #


टेलिकमले २०७२ देखि नै यो सेवा शुरु गरेपनि गत आर्थिक वर्षदेखि यो सेवा आक्रामक बन्दै गएको हो । कोभिडपछि इन्टरनेटको माग अझैँ बढेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । माग बढेपछि सोहीनुसार इन्टरनेट विस्तारलाई टेलिकमले प्राथमिकता दिएको जानकारी उनले दिए ।

टेलिकमको फाइबर इन्टरनेट सेवा निजी इन्टरनेट प्रदायक कम्पनीको भन्दा निकै सस्तो भएकाले यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको देखिन्छ ।

यससँगै टेलिकमले हालै मात्र आफ्ना एफटीटीएच ग्राहकलाई इन्टरनेटमा आधारित टेलिभिजन सुविधा पनि शुरु गरेको छ ।
छ ।