काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचार गराउन आज भारत जाँदैछन् । दिउँसो ११ बजेको उडानबाट सीतालाई मुम्बई लान लागिएको हो ।


ADVERTISEMENT


सीता लामो समयदेखि ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक जटिल रोगबाट पीडित छन् । यसले मानिसको मानसिक असन्तुलन गराउनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने चिकित्सकहरु बताउँछन् ।


ADVERTISEMENT

# # #


सीताको साथमा अध्यक्ष प्रचण्डसहित छोरी गंगा दाहाल पनि रहनेछिन् ।

प्रचण्डले सीताको उपचारका लागि उनलाई यसअघि पनि भारत, सिंगापुर र अमेरिका लगेकोमा रोग कम हुन सकेको थिएन । उनी भैँसीपाटीस्थिति नेपाल मेडिसिटी अस्पतालमा परामर्श गराएर घरमै आराम गरिरहेकी थिइन् ।