एजेन्सी – सिरियामा सैनिक सवार बसमा एम्बुस आक्रमण भएको छ । डेयर अल जोर प्रान्त नजीक भएको उक्त आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बसमा सैनिक समेत रहेको थाहा पाएपछि आक्रमणकारीले आक्रमण गरेका थिए । आक्रमणबाट सैनिकसहित नागरिकहरु मारिएका छन् । आक्रमणमा मारिनेहरु सामान्य नागरिकभन्दा सैनिकहरुको संख्या बढी रहेको छ ।


ADVERTISEMENT

# # #


यति ठूलो संख्यामा सैनिकलाई निशाना बनाइएको पनि पछिल्लो १ वर्षमा पहिलो हो ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।