काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि उत्पन्न नेकपाबीचको विवाद मिलाउन चीन सक्रिय देखिएको छ ।


ADVERTISEMENT


आइतवार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री कुओ यैचोको नेतृत्वमा ४ सदस्यी टोली काठमाडौँमा आएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँ आएलगत्तै चिनियाँ राजदूतावास पुगेको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको छ । भण्डारीपछि उक्त टोलीले नेकपाका शीर्ष नेतालाई भेट्ने तयारी गरेको नेकपा उच्च स्रोतले जनाएको छ ।

उक्त टोलीले नेकपाबीच आएको विवाद मिलाउने प्रयास गर्नेछ ।

यसअघि दुई दिन अघि मात्र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपतिसहित नेकपाका शीर्ष नेताहरुबीच भेटघाट गरेकी थिइन् ।

तस्बिर : रासस