काठमाडौँ – साहित्यकार तथा कवि गंङ्गानाथ कोइरालाको कवितासंग्रह ‘आशाको किरण’ लोकार्पण गरिएको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कविता संग्रहको लोकार्पण गरेको हो ।


ADVERTISEMENT


कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका मेयर कुलवहादुर केसी र विशिष्ट अतिथि राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।


ADVERTISEMENT

# # #


लोकार्पण कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष हरि पोख्रेलले वि.सं. २०६१ देखि २०७१ साल बिचका घटनाक्रमलाई कवि कोइरालाले सरल तर मार्मिक रुपमा प्रस्तुत गरेकाले कविता पढ्दा आफु त्यहि समयमा पुगेको अनुभूति भएको बताए ।

समीक्षक हरेकृष्ण ज्ञवालीले ‘आशाको किरण’ कविता संग्रह नेपाली साहित्यमा गर्व गर्न लायक कृति जन्मिएको बताए । नगर प्रमुख केसीले नेपालमा भएको राजनीतिक उपलब्धिहरुमा साहित्य जगतको ठुलो योगदान रहेको उल्लेख गरे । त्यस्तै राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनानले साहित्यकार सिंगो राष्ट्रको निधी हुने बताए।

कार्यक्रममा बोल्दै कवि कोइरालाले दाङ्ग देउखुरीले आफुलाई पाल्पाले जस्तै मायाँ र स्नेह दिएको बताउँदै यो भन्दा ठूलो प्रोत्साहन साहित्यकर्मीलाई अरु केहि नहुने धारणा व्यक्त गरे । कविता संग्रह “आशाको किरणमा” ५० कविता र केहि समस्या पुर्ती रहेका छन् ।

पोखराथोक साहित्य संगम पाल्पाका संस्थापक अध्यक्षसमेत रहेका कोइरालाको यो दोस्रो कृति हो । उनको पहिलो कृति “हिमाल र छहरा” कविता संग्रह प्रकाशित छ ।