काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने भएको छ ।


ADVERTISEMENT


बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यही पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि पौष १० गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।