काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बुधबार रिपोटर्स नेपालमा बोल्दै नेता कर्णले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा समेत गरे । चुनाव हुनसक्ने अवस्था र स्थिति नै नभएको पनि जिकिर गरे । उनले भने, ‘अहिले चुनावको कुरा गरिएको छ, ओलीले गरेको कुरा नक्कली कुरा हो । यसले सक्कली कुरा लुक्दैन् ।’


ADVERTISEMENT

# # #


उनले जनताको विकासको पैसा काटेर चुनाव गर्न नमिल्ने बताए । उनले संसद विघटन गैरसंवैधानिक रहेको तर्क पेश गरे । उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो पद धरापमा पर्यो भन्दैमा उहाँले तरबार चलाउँदै सबैलाई काटिदिने, यो त हाँस्यास्पद कुरा हो नि ।’

प्रधानमन्त्री ओलीमाथि अविश्वाको प्रस्ताव दर्ता भएको अविश्वासको प्रस्ताव ल्याउँदा अर्को प्रधानमन्त्री पनि अघि सारिएको भन्दै उनले दर्ता भैसकेको अविश्वासको प्रस्तावलाई फेश गर्नुपर्ने बताए ।

विश्वमा धेरै देशमा सडकमा पनि बसेर संसद स्थापित भएका उदाहारण र ईतिहास रहेको भन्दै नेता कर्णले नाजायज कुरा र संविधानविपरितका कुरा सुरुदेखि नै बदर हुने बताए । उनले भने, ‘हामीले संसद चलाउनको लागि सभामुखलाई पनि आग्रह गरेका छौं ।’