काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा संसदीय दलकी सचेतक पुष्पा भुषालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको आरोप लगाएकी छन् ।


ADVERTISEMENT


बुधबार रिपोर्टस नेपालमा बोल्नै नेतृ भुषालले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेकपालाई दुई तिहाईको जनमत दिएको भएपनि उसले जनमतको यथोचित कदर नगरेको जिकिर गरिन् । उनले मुलुकलाई समृद्धि र विकासमार्फत अघि बढाउने अभिभार नेकपासँग भएको भएपनि उनले संविधानको भावनाअनुसार काम नगरेको बरु उल्टै जनमतको घोर अपमान गरेको बताईन् ।


ADVERTISEMENT

# # #


उनले नेपालको संविधानले स्थिर सरकार र स्थिर संसद चलाउने परिकल्पना गरे पनि वर्तमान सरकारले संसद नै विघटन गरेर त्यो भावनामाथिनै कुल्चिने काम गरेको बताइन् । वर्तमान प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र देशलाई विकास र सुशासन दिन्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाएपनि सो घोषणाअनुसार काम भने नभएको पनि उनको आरोप छ ।

उनले भनिन्, ‘उहाँले पानीजहाज पनि ल्याउँछु भन्नुभयो, भ्रष्टाचार शून्य सहनसिलता दिन्छु भनेर वचन दिनुभयो । तर, अहिले संसद नै समाप्त गर्नुभयो ।’ संसद विघटनको व्यवस्था अहिलेको संविधानको कुनै पनि धाराना नभएको भन्दै उनले संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार नभएको बताइन् । संसद र कानूनले स्वीकार नगरेको कुरालाई प्रधानमन्त्री ओलीले मेरो अधिकार भन्दै संसद विघटन गरेर गलत काम गरेको नेतृ भुषालको भनाई छ ।

‘निर्वाचनका लागि तयार छौँ, डराउँदैनौँ’

नेतृ भुषालले संसद विघटन असंवैधानिक भएकाले सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेकी छन् । यद्दपी त्यसो नभएमा कांग्रेस निर्वाचनका लागि तयार रहेको र निर्वाचनदेखि नडराउने बताइन् ।

उनले भनिन्, ‘निर्वाचनको वातावरण तय गर्नुपर्छ । हामी निर्वाचनको लागि सधैं तयार छौं । निर्वाचन प्रतिपक्षी दल डराउँदैन्, सधैं तयार छ । तर, हामी अदालतको निर्णय कुरेर बसेका छौं ।’ उनले सत्तारुढ नेकपाले जनादेशको सम्मान नगरेको जिकिर गरिन् ।

संसद भनेको जनताको ऐना भएको उल्लेख गर्दै नेतृ भुषालले आफ्नो गुटको लागि संसद विघटन गर्नु गलत भएको तर्क गरिन् । उनले प्रधानमन्त्री ओलीले पार्टी र कानुनको धज्जी उडाएको पनि आरोप लगाईन् ।