काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रचण्ड–माधव नेपाल समूहको बैठकले अर्का अध्यक्ष केपी शर्माओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।


ADVERTISEMENT


ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त संसदीय दलका नेतामा प्रचण्डलाई चुनिएको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका ११५ जना उपस्थित रहेको थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्माओलीले गत आइतबार मन्त्रीपरिषद्को आकष्मिक बैठकबाट प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए । सरकारको सिफरिसमा राष्ट्रपतिले केही घण्टामै प्रतिनिधिसभा विघटन गरेको घोषणा गरेकी थिइन् । उक्त विषयलाई लिएर हाल नेकपा दुई समूहमा विभाजन भएको छ भने एकले अर्कालाई जिम्मेवारीबाट हटाउने र आफूखुसी नयाँ पदाधिकारी चयन गरिरहेका छन् ।

यसअघि मंगलबार बबरमहलमा बसेको ओली–प्रचण्ड समूहले ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको थियो ।