काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको खुलासा भएको छ ।


ADVERTISEMENT


संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि गत मंसिर ३० मा बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको श्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भएलगत्तै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ ।

श्रोतका अनुसार रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्तिको सिफारिस समेत भएका छन् ।