काठमाडौँ – सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ शुक्रबार हेर्न नभ्याइनेमा राखिएको छ ।


ADVERTISEMENT


अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिए पनि सुनुवाइ नहुने भएको हो ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर, शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने भएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वोच्‍च अदालतमा रिट दायर गरेका थिए।

सभामुख सापकोटाको मुद्दा पनि हेर्न नभ्याइने

यस्तै सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा पनि शुक्रबार सुनुवाई नहुने भएको छ ।

काभ्रेकी पूर्णिमाया लामाले सभामुख अग्नि सापकोटाविरुद्ध दिएको मुद्दा संवैधानिक इजलासमा पेसी चढेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ न्यायाधीश छन् ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । चैत्र ९ गतेबाट अदालतमा लकडाउन भएपछि मुद्दाको पेसीको मिति आज परेको थियो ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ ।