काठमाडौं । नेपाल भारत हवाई उडानको सम्बन्ध पुन सुचारु भएको छ । गत चैत ९ गतेदेखि बन्द रहेको नेपाल–भारत उडान बिहिबारबाट सुरु भएको हो । भारत सरकारको प्रस्ताव अनुसार एयर बबल (दुई देशका नागरिकका लागि मात्र) उडान गर्नेगरी उडान सुरु भएको हो । गत मंसिर १० गते बसेको


ADVERTISEMENT


मन्त्रिपरिषद्को बैठकले भारतले पठाएको प्रस्तावमा सहमति जनाउँदै उडान खोल्न अनुरोधपत्र पठाएको थियो ।


ADVERTISEMENT

# # #


९ महिनापछि सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले पहिलो उडान बिहान ११ः २० मा गर्ने भएको छ । नेपाल तथा भारतका वायुसेवा कम्पनीले दैनिक एक÷एक उडान गर्नेगरी खुल्ला गरिएपनि सुरुवाती चरणमा निगमले मात्र उडान गर्ने भएको छ ।

निगमले एयरबस ३२० (न्यारोबडी) विमानबाट दैनिक बिहान ११ः २० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने निगमले जनाएको छ । निगमको अपरेशन विभागका अनुसार आजको पहिलो उडानमा नयाँदिल्लीका लागि १ सय ४४ यात्रु र नयाँदिल्लीबाट काठमाडौँका लागि १ सय ११ यात्रु रहेको जनाएको छ ।

निगमले काठमाडौँ–नयाँदिल्ली उडानका क्रममा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै उडान सुरुहुनु पूर्व ७२ घन्टाको पीसीआर परीक्षणको नगेटिभ रिपोट हुनुपर्ने जनाएको छ ।

भारतको सरकारी लगानीमा सञ्चालित एयर इन्डियाले पुस ९ गतेबाट उडान गर्ने तयारी गरेको जानकारी आएको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानले दुबै देशका वायुसेवा कम्पनीहरुलाई दैनिक एक÷एक उडान गर्ने गरी उडान अनुमति दिइसकेको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका छन् ।