काठमाडौं । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले सन् १९५० को सन्धि नेपाल भारत सम्बन्धको विशेष आधार भएको समेत बताएका छन् ।


ADVERTISEMENT


उनले सन् १९५० को सन्धीले नेपालीलाई धेरै फाइदा भएको समेत बताएका छन् । ‘यो सन्धिको प्राबधान अनुसार भारतमा नेपाली नागरिकले भारतीय नागरिक सरह सुविधा लिइरहेका छन्,’ भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल रावतले भने ।


ADVERTISEMENT

# # #


उनले नेपालको भारतसँगको सिमाना र चीनसँगको सिमानाको बारेमा तुलना भने गर्न नसकिने बताए । उनले भने,’ चीनको नेपालसँगको सम्बन्धमा हिमालयन ब्यारियर छ भने भारतसंगको दक्षिणी सीमा खुला र सहज रहेको छ ।’

उनले नेपाल अन्य देशहरुसँग सम्बन्ध विस्तार गर्न नेपाल स्वतन्त्र भएको समेत बताउँदै सम्बन्ध विस्तार गर्दा र कुनै पनि सहयोग लिँदा भने सतर्क हुनुपर्नेमा भने उनको सुझाब थियो ।