काठमाडौं । महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीको नयाँ नेतृत्वका रुपमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले आफ्नो कार्यभार सम्हालेका छन् ।


ADVERTISEMENT


नेपाल सरकार मन्त्रिपरिषदको गत मंसिर २५ गतेको निर्णयले प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान बिभागबाट कार्यालयमा सरुवा भएका एआईजी पाललाई एक समारोहकाबीच बिहिबार मेट्रोमा स्वागत गरियो ।


ADVERTISEMENT

# # #


कार्यालयबाट सरुवा भइ जान लागेका प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल, नेपाल प्रहरीका फ्रेस एसएसपीहरुमा पहिलो नम्बरका एसएसपी सन्दिप भण्डारी लगायतका प्रहरी अधिकारीहरुले एआईजी पाललाई मेट्रोमा स्वागत गर्दै शुभकामना दिएका छन् ।

मेट्रो अन्र्तगत रहेको काठमाडौं, भक्तपुर र ललितपुरको नेपाल प्रहरीको कमाण्डलाई अब एआईजी पालले हाँक्नेछन् । एआईजी पाललाई नेपाल प्रहरीमा ईमान्दार, हक्की, क्षमतावान, निर्णयक्षमता राख्नसक्ने अब्बल प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । स्मरण रहोस् आफैं प्रतिस्पर्धि भए पनि प्रहरी महानिरिक्षकको दौडमा एआईजी पालले बर्तमान आईजी शैलेन्द्र थापालाई सहयोग गर्दै नेपाल प्रहरीमा सुन्दर संस्कारको नजिर स्थापित गराएका छन् ।

मेट्रोमा एआईजी पालको स्वागत कार्यक्रममा सम्मान गारदले सलामी अर्पण पश्वात पदभार ग्रहण गर्दै एआईजी पालले उपस्थित कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रत्यक्ष मातहतका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।