काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनले सकारात्मक समाचारले समाज परिवर्तनमा भूमिका खेल्ने बताएका छन् । सञ्चारकर्मी दुर्गा अधिकारीद्वारा लिखित ‘समाज सञ्चार र राजनीति’ पुस्तकको आज सार्वजानिक गर्दै उहाँले सञ्चारमाध्यममा नकारात्मक समाचारले बढी स्थान पाउँदै गएको चर्चा गरे ।


ADVERTISEMENT


“आजकाल निकै नकारात्मक कुराले मात्र सञ्चारमाध्यममा स्थान पाउन थालेका छन् यसले समाजलाई निराशाउन्मुख बनाउँछ, समाज परिवर्तनका लागि सकारात्मक समाचार आवश्यक हुन्छ, यसतर्फ ध्यान म आग्रह गर्छु” उनले पत्रकारले नकारात्मक कुरा बाहिर ल्याउनु पर्छ भन्ने धारणाले गर्दा पछिल्लो समय सकारात्मक कामका समाचारहरु समेत ओझेलमा पर्दै गएको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


पुस्तकको समीक्षा गर्दै पत्रकार केशवशरण लामिछानेले अधिकारीको पुस्तक आजको राजनीतिक, सामाजिक र पत्रकारिताको अवस्था बुझ्न निकै उपयोगी रहेको बताए ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न समयमा लेखिएका लेखको सङ्ग्रहले तत्कालीन समयको चित्रण गर्ने हुँदा लेख सङ्ग्रह उपयोगी हुने विश्वास व्यक्त गरे ।

लेखक अधिकारीले आफूले विभिन्न समयमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा लेखिएका समसामयिक विषयका लेख समावेश गरी पुस्तक प्रकाशन गरिएको जानकारी दिए । रासस