काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । पारसले आज बिहान गरिएको परीक्षणमा आफूलाई कोरोना देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।


ADVERTISEMENT


उनले हल्का लक्षण देखिएपछि क्रिकेट टिमको प्रशिक्षणबाट अलग भएको र हिजो देखि स्वाद र गन्ध हराएपछि कोरोना परीक्षण गराएको बताएका छन् । पारसले संक्रमण देखिएपछि आफू होम आइशोलेसनमा बसेको र चिकित्सकको सल्लाह अनुसार सम्पूर्ण सावधानीहरु अपनाइरहेको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


कोरोना देखिएसँगै पारसले धुर्मुस सुन्तली फाउन्डेसनको संयोजकत्वमा चितवनको भरतपुरमा निमार्णधिन गौतम बुद्ध रंगशालामा भोलिदेखि हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।

पारसले सामाजिक सञ्जालमा भनेका छन्, ‘हल्का लक्षणहरू देखिएपछि म पछिल्लो दुई दिनमा क्रिकेट टिमबाट हलग बसेको थिएँ । हिजो साँझदेखि नै मैले गन्ध र स्वाद गुमाएँ । त्यसकारण आज बिहान पीसीआर परीक्षण गरेको थिएँ । रिपोर्ट कोभिड–१९ पोजेटिभ आएको छ ।’ अहिले म घरमै आइशोलेसनमा बसेको छु र डाक्टरहरू सबै दिशानिर्देशहरूको पालना गर्नेछु । दुर्भाग्यवश भोलिदेखि चितवनमा सुरु हुने गौतम बुद्ध कपमा सहभागिता जनाउन पाउने छैन । उक्त प्रतियोगिताका लागि सबैलाई शुभकामना दिन चाहन्छु। धन्यवाद।’

यस अघि राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, युवा खेलाडी रोहित पौडेललाइई पनि कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु कोरोना देखिएको तीन दिनमै निको भएका थिए ।

Having got mild symptoms,i isolated myself from the team over last two days and as i lost my smell and taste since…

Posted by Paras Khadka on Friday, December 11, 2020