सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को पछिल्लो आन्तरिक विवादको कारण र त्यसको निकासका बारेमा पार्टीको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालका सह-संयोजक रमेश पौडेलसँग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


दुईतिहाइ बहुमतका साथ स्थायी सरकारको नेतृत्व पाएको नेकपाभित्र अहिले जुन समस्या सिर्जना भएको छ। यसलाई नेकपाको युवा नेता, पार्टीको भातृ संगठनको नेतृत्वमा रहनुभएको हिसाबले कसरी हेर्नुभएको छ ?


ADVERTISEMENT

# # #


नेकपामा यो अवस्था नेपाली राजनीतिको इतिहासमै अहिलेसम्मकै सबैभन्दा अत्यन्तै संकटको अवस्था हो । स्पष्ट रुपमा भन्नुपर्दा पार्टी विभाजनको डिलमा छ । ५ जना नेताहरुको समूह छ, जसले पार्टी विभाजनको लागि कहिले विद्यार्थी भेला, कहिले कार्यकर्ता भेला गरेर त्यसको तयारी गरेको देखिन्छ । यद्यपि, विभाजनको आरोप नलागोस् भनेर त्यसबाट बच्नका लागि बाहिर एकताका गतिविधि सँगसँगै गरेको जस्तो देखिन्छ । प्रधानमन्त्रीलाई एक्लाएर घेराबन्दी गरेर नेतृत्व हत्याउनका लागि अहिले सम्पूर्ण बल त्यसमा लगाइएको छ । नेकपा सचिवालयका ९ मध्ये ५ वरिष्ठ नेता केन्द्रिकृत भएर प्रधानमन्त्रीलाई सिध्याउन लागि पर्नुभएको छ । जनतामाझ गरेका वाचा र पार्टीको घोषणापत्रकै विरुद्ध गएर जीवनको उत्तरार्धमा भएकाले अर्कोपटक उमेरले अनुमति दिन्छ, दिँदैन भनेर उनीहरुले संघर्ष गरिरहेको देखिन्छ । प्रधानमन्त्रीलाई झुकाउने, गलाउने, लर्काने, दुत्कार्ने र फकाउने सबै अस्त्र उहाँहरुले प्रयोग गरिरहनुभएको छ । यसरी भएन भने अन्तिममा आइसोलेट गर्ने र ओलीलाई पार्टीबाटै लखेटिदिने उहाँहरुको इच्छा छ । ओलीले जसरी पनि पार्टी छाडिदिए हामी एक्लै शासन गर्न पाउँथ्यौँ, ओली बाधक भयो भन्ने बुझाइ उनीहरुमा देखिन्छ । तर, ओली बेगरको नेपालको कल्पना सर्य बिनाको पृथ्वी जस्तै हो । पूर्णता हुँदैन । उहाँहरुले ओलीलाई लखेट्ने रणनीति बदल्दा हुन्छ । यो असफल हुने मात्र होइन, यो तरिकै ठीक होइन ।

कतिपयले नेकपाभित्रको यो आन्तरिक द्वन्द्व पदको कारणले सिर्जना भएको हो भनिरहेका छन् । तपाईंको विचारमा नेकपा के कारणले यो अवस्थामा पुग्यो ?

एकता र सहकार्यमा समस्या भए रुपान्तरण गर्ने विधि अपनाउनुपर्छ । तर उहाँहरुले संघर्ष गर्ने, आत्मभर्त्सना गर्ने र अन्ततः पार्टी विभाजन रणनीति लिनुभएको छ । संघर्षबाट एकतालाई शत्रुतापूर्ण तहमा पुगाउने, संघर्षद्वारा त्यसलाई विभाजनमा चाल उहाँहरुको हो । समष्टिगत रुपमा हेर्दा नेकपा नदी हो, जसको एक किनारा ओली र अर्को प्रचण्ड हो । जसकारण एउटालाई निषेध गर्दा नदी रहँदैन, नेकपा बन्दैन । ओली बेगरको नेकपा बनाउने प्रयास असफल प्रयास हो । यसबाट पछि हट्नुपर्छ ।

अध्यक्ष बन्ने नै हो भने महाधिवेशनबाट हुने व्यवस्था छ, प्रधानमन्त्री हुने मन भए निर्वाचन कुर्नुपर्‍यो । लोकतन्त्र र विधिमा विश्वास गर्ने भए निर्वाचनसम्म कुर्नुपर्‍यो । बीचैबाट घोक्राउने कुनै विधि छैन । विधि भनेको महाधिवेशन हो । केपी काम्रेडले दोहोरिन्छु भन्नुभएकै छैन । हाम्रो कुरा दुवै जनाले विदा लिनुस् भन्ने हो । तर त्यसका लागि महाधिवेशन कुर्नुपर्‍यो । महाधिवेशनमा हुने भनेको प्रचण्ड र माधव नेपालबीच नै प्रतिस्पर्धा हुने हो । अहिले नै अध्यक्ष बन्ने, महाधिवेशनमा हारेको कुण्ठा पोख्न र हारेको बदलाभाव नेपालमा देखिन्छ । सोहीकारण पनि न उहाँ हात धोएर कम्मर कसेर ओलीविरुद्ध लाग्नुभएको छ । अनि ओली बलियो हो अरु केही होइन, ओलीलाई हान्ने किसिमले गयो भने ओलीपछि त एकल नेतृत्व आफ्नै हो भन्ने चिन्तन प्रचण्डको छ । प्रचण्ड र नेपालले खेलिरहेको यो एकदमै अस्वभाविक राजनीति हो । यसको नतिजा पनि अस्वभाविक हुन्छ । एकतामा जुन आधारमा एकता भएका थिए सोहीअनुसार जानुपर्छ ।

मुलुक, संविधान, स्वाधिनता र यो व्यवस्था बचाउने हो भने वामदेव, माधव नेपाल काम्रेडहरुले चिसो पानीले नहुाउनुपर्छ । उहाँहरु यसबाट पछि हट्नुभएन भने मुलुक दुर्घटनामा जान्छ । प्रचण्ड पनि विभिन्न संघर्षबाट प्राप्त यो उपलब्धिलाई त्यागेर पछि हट्नुहोला जस्तो लाग्दैन ।

यो विवादको परिणाम के हुन्छ ?

नेकपाको यो खेल संविधान, लोकतान्त्रिक गणतन्त्त, स्थायीत्व, विकास र शान्तिविरुद्धको खेल हो । समग्रमा भन्नुपर्दा मुलुक विरुद्धकै खेल हो । ‘राजा आऊ’ नाममा गरिएको प्रदर्शन पनि ओली ढाल्न रचिएको खेल हो । राष्ट्रवादको पक्षपोषण, जातीयता र क्षेत्रीयताको मुद्दा उचालेर हिँसा मच्चाउने खोज्ने सिके राउतलाई मुलधारमा ल्याउनु, जनताको सामाजिक तथा आर्थिक सुरक्षा, समृद्ध नेपाल सुखी नेपालीको संकल्प, जनजीवन उकास्ने लगायतका काम गरेका भएर नेपालमा स्थीरता कायम हुन्छ, कम्युनिस्ट पार्टी बलियो हुँदै जान्छ भनेर यो सबैविरुद्ध रचिएको खेल हो ।

यतिबेला केपी ओलीको विरुद्ध जानु भनेको आफ्नो टाउकोमा आफै मट्टितेल हालेर आफै जलेर भष्म हुनु हो ।

यो विवाद कहिलेसम्म रहन्छ ? यो प्रकरण कहाँसम्म जान्छ ?

मुलुक, संविधान, स्वाधिनता र यो व्यवस्था बचाउने हो भने वामदेव, माधव नेपाल काम्रेडहरुले चिसो पानीले नहुाउनुपर्छ । उहाँहरु यसबाट पछि हट्नुभएन भने मुलुक दुर्घटनामा जान्छ । प्रचण्ड पनि विभिन्न संघर्षबाट प्राप्त यो उपलब्धिलाई त्यागेर पछि हट्नुहोला जस्तो लाग्दैन । यदि त्यस्तो भयो भने क्षेत्रीय र जातीय शक्ति बोकेर उहाँ सडकमा जानुहुनेछ जसले मुलुकलाई दुर्घटनामा जानेछ । प्रचण्डले प्राप्त उपलब्धिहरुको त्यसरी हत्या नगर्नुहोला भन्ने अपेक्षा छ ।

पार्टी विभाजन भयो भने यसको विकल्प के हुनसक्छ ?

मिल्नुको विकल्प देखिन्न । महाधिवेशनसम्म कुर्नुपर्छ । स्थायी र केन्द्रिय कमिटीले विवेक पुर्‍याएर अधिवेशनमा पार्टी दुर्घटना हुनबाट बचाउनुपर्छ । यतिबेला केपी ओलीको विरुद्ध जानु भनेको आफ्नो टाउकोमा आफै मट्टितेल हालेर आफै जलेर भष्म हुनु हो । यतिबेला एकता, महाधिवेशन, स्थायीत्व, विकास र समृद्धिको कुरा जसले गर्छ त्यो केपी ओलीको मान्छे हो । किनभने अहिले पार्टीभित्र राम्रो राम्रो काम गर्ने मान्छे ओलीको मान्छे हो । ओलीले र विकास समृद्धिको मुद्दा जुन अगाडि सार्नुभएको छ त्यो पूरा गर्नुपर्छ । उहाँ युगपुरुष हो, युगौँमा मुश्किलले जन्मिन्छ यो साहस र यस्तो दूरदर्शी मान्छे । यसको विकल्प खोज्नु हुँदैन । सबैले साथ दिनुपर्छ ।

जनताले नेकपालाई विश्वास गरेर दुई तिहाइ मत दिएर सरकारमा पठाए । सँगै उडान गर्दै अध्यक्षद्धयले अब उडानको गियर बढ्छ भन्नुभएको थियो । तर, बीचैमा जहाज दुर्घटना हुने अवस्थामा पुग्यो । दुर्घटना भयो भने जनतासामु कसरी जानुहुन्छ ?

दुई अध्यक्षले नेकपाको जहाज त उडाउनु भयो । तर, आकाशमा पुगेपछि प्रचण्ड पाईलटले केपी पाईलटको कन्चटमा बन्दुक ताक्नु भयो । उहाँ लुकाएर पेस्तोल बोकेर जहाजमा छिर्नुभएको रहेछ । प्रधानमन्त्री अर्को पाईलटलाई मिलाएर जहाज र यात्रुलाई दुर्घटनाबाट जोगाउन सहज अवतरणको प्रयासमा हुनुहुन्छ । एउटा पाईलटले त सनकमा पेस्तोल देखाइहाल्नुभयो । अब अर्को पाईलटको टाउकोमा कसरी दुर्घटना हुन नदिई अवतरण गर्ने भन्ने जिम्मेवारी परेको छ ।

ओलीले गरेका महान् कामहरुले उहाँ लोकप्रिय हुनुहुने र पुष्पलालकै ठाउँमा उहाँको फोटो राखेर पूजा हुने अवस्था आएपछि उहाँहरु आत्तिनुभयो । यसबाहेक बाह्य शक्ति पनि चलमलाएको छ ।

दुर्घटना नै भयो भने जनतासँग जाने वातावरण कसरी बनाउनुहुन्छ ?

यो अत्यन्तै अप्ठ्यारो र दुर्भाग्यपूर्ण समय हो । जनताले कम्युनिस्ट पार्टीलाई इतिहासकै भारी बहुमतले विश्वास गरेर यहाँ पुगाउनुभएको छ । तर, पार्टीभित्रैको चलखेलले कम्युनिस्ट पार्टी समस्यामा परेको छ । यतिबेला यही कारणले कम्तिमा पनि ८-१० लाख मत त बिग्रियो भन्ने मेरो अनुमान छ । यसको जवाफ ओलीलाई खेद्नेहरुले दिनुपर्छ । ओलीले उठाएका राष्ट्रियता, स्वाधिनता, विकास र समृद्धि जस्ता मुद्दा के गलत थिए भनेर जवाफ दिनुपर्छ । अबको यात्रा सजिलो भने पक्कै छैन ।

यो आत्मघातको जड के हो ?

सचिवालयका ५ वरिष्ठ नेता, जो ओलीकोविरुद्धमा लाग्नुभएको छ उहाँहरुलाई अब पछिल्ला दिनहरुमा साशन गर्न उमेरले साथ दिँदैन कि भन्ने लागेर खुलेरै शक्ति संघर्षमा लाग्नुभएको छ । ओलीले गरेका महान् कामहरुले उहाँ लोकप्रिय हुनुहुने र पुष्पलालकै ठाउँमा उहाँको फोटो राखेर पूजा हुने अवस्था आएपछि उहाँहरु आत्तिनुभयो । यसबाहेक बाह्य शक्ति पनि चलमलाएको छ ।

अन्तिममा, नेकपा दुर्घटना भयो भने युवाहरु के गर्नुहुन्छ ?

मैले प्रचण्ड, वामदेव, नेपाल लगायत सचिवालयका नेतालाई भेटेर दुर्घटना हुन नदिन आग्रह गरेको छु । हाम्रो पर्यत्न त दुर्घटना नै हुन नदिनु हो । यसले सिँगो मुलुककै भविष्य दुर्घटनामा पर्छ । कथमकदाचित् दुर्घटना भयो भने कम क्षतिका लागि पर्यत्न गर्नुपर्छ ।