पवन ढकाल

सिनियर डेपुटी सीईओ, लुम्बिनी विकास बैंक 

 

लामो यात्रापछि बैंकको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । बैंकिङ यात्राको शुरुवात कसरी भयो ?


ADVERTISEMENT


२०४९ तिर पोखराको पृथ्वीनारायण क्याम्पसमा म मास्टर्स पहिलो वर्षको परीक्षा दिएर बसेको थिएँ । दोस्रो वर्षको कक्षा शुरु भइसकेको थियो । त्यो बेला पोखरामा नेपाल ग्रिनलेज बैंक लिमिटेड पुगिसकेको थियो । कर्मचारीहरु काठमाडौँबाटै लगेर बैंक सञ्चालन गरिरहेकोमा बैंकले पछि विज्ञापन खुलाएर पोखरामै कर्मचारी खोज्न थाल्यो । फारम भरेँ । शुरुमै अन्तरवार्ताका लागि बोलाइयो । अन्तरवार्तामा सय बढी थियौँ होला । मेरै सहपाठी नै ५० बढी थिए । त्यसपश्चातको लिखित परीक्षा र पाँच वटा अन्तर्वार्तापछि म छानिएँ ।


ADVERTISEMENT

# # #


त्यसपछिको बैंकिङ यात्रा कस्तो रह्यो ? 

ग्रिनलेज बैंकमा जागिर खाएपछि ८ वर्ष पोखरामै त्यही बैंकमा काम गरेँ । सोही सिलसिलामा स्वदेशी तथा विदेशी तालिम पनि लिने मौका मिल्यो र आफूलाई परिस्कृत गर्दै लगियो । विभिन्न डिपार्टमेन्टमा काम गरेर नयाँ अनुभव पनि बटुलियो । त्यसपछि क्षेत्रीय स्तरमा त्यो बेला माछापुच्छ्र्र्रे बैंक खुल्यो । त्यही क्रममा माछापुच्छ्रेबाट अफर आएपछि म त्यहाँ गएँ । त्यहाँ थप कुरा सिक्ने मौका मिल्यो । २०५७ सालमा बैंकले ब्रान्च विस्तार गरेपछि म ब्रान्च म्यानेजरको रुपमा भैरहवा गएँ । चौध वर्ष माछापुच्छ्रे्रमा जागिर पछि कैलास विकास बैंकमा गएँ । त्यहाँ सेकेन्ड म्यानको रुपमा ३ वर्ष काम गरेँ । त्यसपछि सिद्धार्थ विकास बैँकमा डेपुटी सीईओको रुपमा गएकोमा म गएको १५ दिनमै जनता बैँकसँग मर्जरको लागि सम्झौता भयो । त्यसको ५ महिनापछि म स्वतः जनता बैँकको कर्मचारी भएँ । उक्त बैंकमा डेढ वर्ष काम गरेपछि लुम्बिनी विकास बैंकमा सिनियर डेप्युटी चिफ एक्ज्युकिटिभ अफिसरको रुपमा म आएँ ।

बैंकिङ जीवनको यतिलामो यात्रालाई कसरी सम्झिनुहुन्छ ?

बैंकिङ यात्रा रमाइलै थियो । त्यतिबेला बैंकको जागिर सम्पन्न वर्गको पहुँचमा मात्र थियो ।

सामान्य मानिसको पहुँचमा बैंक थिएन । त्यस्तो समयमा गाउँबाट आएका सामान्य परिवारबाट बैंकको जागिर हुँदा चौतर्फी राम्रै प्रशंसा हुन्थ्यो । फलानोले बैंकमा जागिर खाएको छ भन्थे । 

नयाँ नयाँ प्रविधिको प्रयोग गर्न । स्वदेशी तथा विदेशी सिनियरहरुबाट नयाँ शिक्षा लिने मौका पनि जुरेकै थियो ।

चुनौती सबै क्षेत्रमा हुन्छन् नै । चुनौती मोल्ने भएकाले नै मैले नयाँ नयाँ ठाउँमा जागिर पनि खाएँ ।

घर फर्किने समय कहिले पनि यकिन हुन्थेन । राती १० बजेसम्म पनि काम गरिन्थ्यो । सिजनमा सिस्टम अपग्रेड राति पनि गर्नुपर्ने भएकाले रातभरी अफिसमै बसेर गर्थ्यौं । दिनमा नियमित काम त थियो नै राति काम गर्नु पनि सामान्य भइसकेको थियो ।

माछापुच्छ्रे बैंकमा हुँदा बैँकमा प्रयोग भएको बैंकिङ सफ्टवयरको सर्पोटको काम चेन्नईबाट हेरिन्थ्यो । त्यही क्रममा सिस्टम अपग्रेटको सिलसिलामा एक पटक भारत गएका थियौँ । एक हप्ताका लागि ५ तारे होटल बुकिङ गरिएको भएपनि हामीले धेरै दिन त अफिसमै बसेर काम गरेका थियौं । पछि भारतीय टिम नेपाल आउँदा पनि अफिसमै बसेर काम गरियो । यो क्षेत्रमा समयको लय एकनास नहुन सक्छ । तर यो दुःख पनि होइन । रमाइलै कुरा हो ।

बैंक वित्तीय संस्था भर्खरै शुरु हुँदै गर्दाको समय र अहिलेको समयमा के फरक पाउनुभयो ?

आधुनिक कन्सेप्ट भर्खरै शुरु भएको बेला हामी बैंकिङ क्षेत्रमा छिरेका हौँ । आज आधुनिक प्रविधिमैत्री वित्तीय सेवासम्म आइपुग्दा यसमा हाम्रो पनि योगदान पनि छ ।

अहिले ब्यालेन्स सिस्टम सबै कम्प्युटरमा देखिन्छ । त्यतिबेला अर्को शाखाबाट खोलेको अकाउन्टको काम गर्नुपर्दा फ्याक्सबाट काम गर्नुपथ्र्यो । अर्को शाखाबाट फ्याक्स मागेर फोटोकपी गरेर अनि सबै प्रक्रिया पुर्याएर अर्कोतिर ब्यालेन्स रोक्न लगाएर मात्र भुक्तानी गरिन्थ्यो । माछापुच्छ्रे बैँकको सुरुवाती समयतिर ब्याकअपका लागि कम्प्युटरको अलवा हामीले हातैले ढड्डामा हिसाब राखेर पनि काम गथ्र्यौं । अहिले सबै ‘डिजिटलाइज’ भएको छ । जुनसुकै शाखाको अकाउन्ट भएपनि सहजै काम गर्न सकिन्छ । त्यो बेला आज यस्तो हुन्छ भन्ने कल्पनाबाहिरको कुरा थियो । पछि डिजिटल हुँदै जाँदा कतिपय पुराना कर्मचारीलाई कम्प्युटरमा आउँनै गाह्रो भयो । आज भन्दा २८ वर्ष अघि हामीले बैंकमा जागिर सुरु गर्दै गर्दा  र अहिलेको समयमा प्रबिधिले काममा धेरै कायापलट गरिदिएको छ ।

जागिर र परिवार कसरी व्यवस्थापन गरिराख्नुभएको छ ?

जागिर खाइसकेपछि कर्तव्य पालना गर्नुपर्यो नै । परिवारलाई पनि समय दिनैपर्यो । तर मलाई लाग्छ अरु क्षेत्रका कर्मचारीहरुलाई जस्तो सहज बैंकर्सहरुलाई छैन ।

मैले जागिर खाएको २८ वर्ष भयो यो अवधिमा चाडबाडमा बाहेक बाआमासँग प्राय भेट भएको छैन । कामबाट घर फर्किदा छोराछोरी सुतिसकेका हुन्थे, उनीहरु नउठ्दै काममा फर्किपर्थ्यो ।

शनिवार पनि गोष्ठी तालिमहरुमा सहभागी हुर्नुपर्यो ।

कर्तव्यपरायणको शिलशिलामा परिवारका समस्या, आवश्यकता र रहरहरुलाई पनि थाँती राखेर अफिसको कामलाई नै समय दिनुपर्ने बाध्यता थियो । अहिले पनि निरन्तर शनिवार र बिदाको दिन पनि आवश्यकता अनुसार बाहिर भइन्छ । काममा ईमान्दार भएर लागिरहनु कर्तव्य हो । परिवार र जागिरलाई व्यवस्थापन गर्न सहज भने छैन यो क्षेत्रमा ।

विभिन्न बैंकहरुमा जिम्मेवारीमा रहेर २८ वर्ष बिताउनु भयो । अब यो काम गर्न बाँकी छ भन्ने त्यस्तो केही छ ?

बैंकमा कर्मचारीका रुपमा काम गर्दा सीईओ हुन्छु भन्ने महत्वाकांक्षा सबैमा हुन्छ । त्यो स्वभाविक हो र हुनु पनि पर्छ । त्यो ममा पनि छ । समय आउँछ । समयले साथ दियो भने त्यो स्थानमा म पुग्न पनि सक्छु । नपुगे पनि अहिले म जुन स्थानमा पुगेको छु, खुसी नै छु ।

तस्बिरमा हेर्नुहोस् बैकिङ कर्म मिसिएको ढकालको जीवन यात्रा :

बाल्यकालमा बुवाआमा, दिदी र भाईका साथ ।

क्याम्पसमा हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएपश्चात ।

श्रीमती र छोराछोरीका साथमा ।

बैंकमा जागिर सुरु गरेको समयतिर ।

माछापुच्छ्रे बैंकमा कार्यरत रहँदा सहकर्मी साथीहरुका साथ।

माता पिता ।

बुवाआमावाट दशैंको टीका लगाउँदै ।

श्रीमती नारायणी पहारी ढकालसँग ।

श्रीमतीसँग थाइल्याण्ड भ्रमणमा ।

श्रीमतीसँग थाइल्याण्ड भ्रमणमा ।

गाउँको चौतारीमा ।

माध्यमिक शिक्षा हासिल गरेको चन्द्रावती माध्यमिक विद्यालय । साथमा सहपाठी मित्र नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक राजेन्द्र पण्डित र गुरु गणेश बहादुर अधिकारी ।

कैलाश विकास बैंकमा कार्यरत रहँदा सहकर्मी साथीहरुका साथ राष्ट्रिय पोशाकमा ।

तनहुँको चुँदी स्थित घर ।

मेरो सुन्दर गाउँ

श्रीमती, छोरा प्रवेश ढकाल र छोरी निशा ढकालका साथ ।

छोराको सफलतामा रमाउँदै ।

साथीहरुसँग र्‍याफ्टिङ जाने तयारीमा ।

आफ्नै बारीको काउली ।

तस्बिरहरु : ढकालको अर्काइभबाट