एजेन्सी – सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या आएको छ । फेसबुकको स्वामित्वमा रहेका सामाजिक सञ्जालमा समस्या पैदा हुँदा विश्वभरका करोडौँ प्रयोगकर्ताहरु समस्यामा परेका छन् ।


ADVERTISEMENT


यी सञ्जालहरुमा बिहानैदेखि समस्या आएको अनलाइन आउटेज हेर्दै आएको बेवसाइट डाउन डिटेक्टरले जनाएको छ । अहिले अधिकांश प्रयोगकर्ताको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा म्यासेज गर्न मिलिरहेको छैन ।


ADVERTISEMENT

# # #


म्यासेन्जरमार्फत रिपोर्ट गरिएका समस्याहरुमा अधिकांश (५२ प्रतिशत) प्रयोगकर्ताले म्यासेज पठाउन र पाउन नसकिरहेको बताएका छन् भने फेसबुकमार्फत प्राप्त रिर्पोटमा ४१ प्रतिशतकोमा ब्लाकआउट भएको समस्या छ ।

यो समस्याको कारण के हो भन्ने खुलेको छैन साथै कहिलेसम्म यो समस्या रहन्छ भन्ने पनि यकिन नभएको डेलिमेलले जनाएको छ ।

फेसबुकले पनि म्यासेन्जर, इन्स्टाग्राम र वर्कप्लेस च्याटमा समस्या देखिएको र चाँडै समाधान हुने बताएको छ । ‘केही प्रयोगकर्तालाई फेसबुक म्यासेन्जर, इन्स्टाग्राम र वर्कप्लेसमा म्यासेज पठाउन समस्या परिरहेको कुरामा हामी सचेत छौँ ।’ फेसबुक कम्पनीका प्रवक्ताले भनेका छन्, ‘चाँडो भन्दा चाँडो समस्या समाधान गरेर पूर्वावस्थामा ल्याउन हामी लागिपरेका छौँ ।’