काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम अढाई करोड गोप्य विवादित लेनदेनमा मुछिएका छन् ।


ADVERTISEMENT


बिहीवार सार्वजनिक नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामा र श्रेष्ठबीचको गोप्य संवादमा विवादित लेनदेनमा श्रेष्ठको नाम मुछिएको हो ।


ADVERTISEMENT

# # #


मृत्युको कारण कोरोना देखिएका लामाको निधनको पछाडि मानसिक कारण श्रेष्ठ भएको दाबी उनको परिवारले गरेको छ । आर्थिक रुपमा लामालाई श्रेष्ठले धोका दिएपछि उनको मृत्यु भएको दाबी लामाको परिवार सदस्यको छ ।

अडियोमा सुनिएअनुसार कुनै कम्पनीमा गासिँदा श्रेष्ठ र लामाबीच लेनदेनको कारोवार भएको थियो । सो क्रममा लामाले श्रेष्ठबाट अढाई करोड रुपैयाँ लिन बाँकी थियो । यद्यपि, अडियोमा उक्त कम्पनी कुन हो भन्ने भने खुलेको छैन ।

श्रेष्ठले अढाई करोड खाइदिएपछि कमानसिंहले गोप्य रुपमा अडियो भिडियो रेकर्ड गरेर प्रमाण जुटाउने प्रयास गरेको देखिन्छ ।
निधनअघि नेता लामाले नाम नखुलाइकन लेनदेन प्रकरण र आफ्नी कान्छी श्रीमतीको सम्बन्धमा दरार आउने कारण कुनै तेस्रो पात्र भएको लेखेका थिए । अडियो सार्वजनिक भएपछि उक्त तेस्रो पात्र श्रेष्ठ भएको अनुमान गरिएको छ ।