काठमाडौँ – प्रहरीले सिंगापुर पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भई काठमाडौँको सिनामंगल बस्ने विशाल दर्जी रहेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार आफूलाई जनोज लामिछाने भन्ने विशालले सिंगापुर पठाईदिन्छु भनि प्रलोभनमा पारी ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगेर फरार रहेका थिए । रमिला श्रेष्ठले दिएको निवेदनका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले विशाललाई आइतबार दिउँसो सुनामंगलबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पश्चात थप अनुसन्धान र कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।